काठमाडौँ – नम्रता श्रेष्ठको एक्सन फिल्म ‘जाइरा’को ट्रेलर सार्वजनिक भएको छ। बुधबार काठमाडौँमा एक कार्यक्रम आयोजना गर्दै ट्रेलर सार्वजनिक गरिएको हो।
ट्रेलरमा नम्रताको प्रेम र बदलाको भावलाई देखाइएको छ। उनले आफ्नो प्रेमीको मुत्युको बदला लिनको लागि मार्सल आर्ट सिकेर बदला लिएकी छन्। आशुतोष राज श्रेष्ठको लेखन तथा निर्देशन रहेको फिल्ममा नम्रतासँगै अनुपविक्रम शाही, प्रमोद अग्रहरी, सिर्जना रेग्मी, रेमोन दास श्रेष्ठ, सुजता श्रेष्ठ, सम्राट मगरलगायत कलाकारको अभिनय रहेको छ।
बाबु श्रेष्ठले छायाँकन गरेको फिल्मलाई लोकेश बज्रार्चायले सम्पादन गरेका हुन्। फिल्ममा एक्सन निर्देशन सम्राट बस्नेतको रहेको छ। यो फिल्म भदौ ६ गते देखि प्रर्दशन हुने भएको छ।
https://www.youtube.com/watch?v=RarOU8bjntQ