काठमाडौँ – रक्षाबन्धनको मौका पार्दै १५ अगस्टमा बलिउड फिल्म क्षेत्रले एकै दिन तीन वटा फिल्म रिलिज हुने भएको छ। जसमा फिल्म निर्माणकर्ताहरुले पूर्ण रुपमा दर्शकहरुले मनोरञ्जन लिन सक्ने विश्वास लिएको छ।
फिल्म रिलिजको कुरा गर्दा पहिलो अक्षय कुमारको मिशन मंगल रहेको छ। मिशन मंगलको साथसाथै अर्को दुईवटा जोन अब्राहमको बाटला हाउस र अपारशक्ति खुरानाको फिल्म कनपुरीये पनि रिलिज हुने भएको छ। यी तीनवाट फिल्म मध्ये बक्स अफिसमा कसले धेरै कमाउँछ भन्ने उत्साहितको विषय बनेको छ।
मिशन मंगल
फिल्म मिशन मंगल एक बलिउड थ्रिलर कथानक फिल्म रहेको छ। यस फिल्मको निर्देशन जगन शक्तिले गरेका हुन्। फिल्ममा चर्चित अभिनेत्री सोनाक्षी सिन्हा, तपसी पन्नु, विद्या वालन, कीर्ति कुल्हारीसहित चर्चित अभिनेता अक्षय कुमार र शरमन जोशीको मुख्य भुमिका रहेको छ। यस फिल्म भारतीय अन्तरिक्ष अनुसन्धान संस्थानको वैज्ञानिकद्वारा भारतमा पहिलो मार्स आर्विटरी मिशन (मंगलयान) परिक्षणमा सफल भएकाे आधारित फिल्म रहेको छ।
बाटला हाउस
बाटला हाउस एक थ्रिलर कथानक बलिउड फिल्म हो। जुन बाटला हाउस इन्काउन्टरको वास्तविक घटनामा आधारित रहेको छ। यस फिल्मलाई निखिल आडवाणीले निर्देशन गरेको हो। यस फिल्ममा मुख्य भूमिकाको रुपमा चर्चित अभिनेता जोन आब्रहम देख्न सकिन्छ। जोनले फिल्ममा डीसीपी सञ्जिव कुमार यादवको भूमिका निर्वाह गरेको छ। फिल्मको सुटिङ ५० दिन लगातार दिल्ली, जयपुर, लखनाउ, मुम्बई र नेपालमा भएको हो। यस फिल्म १९ सेप्टेम्बर २००८ को दिल्ली जामियानगर इलाकाको बाटला हाउसमा इन्डियन मुजाहिद्दिनको संदिग्ध आतंकारीहरु विरुद्धको एक भिडन्तमा आधारित फिल्म रहेको छ।
कनपुरीये
फिल्म कनपुरीये १५ अगस्टमा रिलिज हुने एक बलिउड हास्यव्यांग्य कथानक फिल्म हो। युडली फिल्मद्वारा निर्माण भएको यस फिल्मलाई निर्देशक आशिष आर्यनले निर्देशन गरेका हुन्। फिल्ममा अपारशक्ति खुराना, दिव्यंद शर्मा, हर्षित गौर, विजय राज, चितरंजन त्रिपाठी, राजश्री देशपाण्डेको मुख्य भूमिका रहेको छ। (एजेन्सी)