काठमाडौँ – गायक राजनराज सिवाकोटी र गायिका स्मीता दाहालको स्वरमा ‘मायालु तिमी कता छौ’ बोलको नयाँ गीत सार्वजनिक भएकोे छ। दिनेश थपलियाको शब्द रहेको गीतमा राजनराजले नै संगीत भरेका छन्। गीतमा उदयराज पौडेलको संगीत संयोजन रहेको छ।
सरोज ओलीको निर्देशनमा तयार भएको यस भिडियोमा ‘कार्टुन्ज क्रु’ का सरोज अधिकारी र आश्मा विश्वकर्माको मुख्य अभिनय रहेको छ। श्याम सोहित रसाईलीले गीत मिक्सिङ गरेका हुन्। राजु पेन्टरद्वारा निर्मित सेटमा छायाँकन गरिएको भिडियो सञ्जय लामाले खिचेका हुन्। विक्रम स्वरको कोरियोग्राफी, राजकुमार उप्रेतीको स्टन्ट, सन्देश शाहको सम्पादन रहेको भिडियोको कलर संयोजन रेनिश फागोले गरेका हुन्।
भिडियो हेर्नुहोस्ः
https://youtu.be/2lNT6AcKYl8