काठमाडौँ – बलिउड फिल्मको क्विन कंगना रनावतको आउनेवाला फिल्म ‘धाकड’को टिजर सार्वजनिक भएको छ। जस्तो फिल्मको टाइटल त्यही अनुसार फिल्मको टिजर सार्वजनिक भएको छ। ४५ सेकेण्डको यस टिजरमा कंगनाको क्रोधको अनुमान लाउन सकिन्छ। यस फिल्ममा कंगना रनावत एक फायर फाइटर बनेकी छन्।
टीजरमा देखाएको छ कि एक ठाउँमा चारैतिर आगो लागेको हुन्छ र आगोको बीचबाट कंगना हातमा बन्दुक लिँदै अगाडि बढ्छिन् र पानीमा गोली चलाउँछिन्। उनको अनुहारमा पुरै रगत लागेको देख्न सकिन्छ। फिल्म २०२० को दिवालीमा रिलिज हुने भएको छ।
यसभन्दा पहिले कंगनाको फिल्म ‘जजमैन्टल है क्या’ रिलिज भईसकेको छ। यस फिल्ममा कंगनाको साथ राजकुमार रावको मुख्य भूमिका रहेको थियो। फिल्मले हलहरुमा खासै कमाई गरेन तर दुबैको अभिनयको सबैतिर चर्चा भयो। कंगना जहिले पनि फिल्म र अभिनय गर्नेमा विश्वास गर्छिन्। यसै कारणले उनी सँधै फरक तरिकाको फिल्ममा काम गर्छिन्। यसभन्दा पहिले उनको फिल्म ‘मणिकर्णिका’ रिलिज भएको थियो जसमा उनी झाँसीको रानी बनेकी थिइन्।
टीजर हेर्नुहाेस्:
https://youtu.be/llRFe7aljzk