काठमाडौँ – पोखरेली गायिका तृष्णा गुरुङले नयाँ म्युजिक भिडियो सार्वजनिक गरेकी छन्। गत बुधबार उनले ‘माया मनभरि’ गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी हुन्। प्राय हरेक म्युजिक भिडियोमा गिटारसहित देखिने तृष्णाले ‘माया मनभरि’मा पनि त्यही शैलीलाई दोहोर्याएकी छन्।
भिडियोमा सुजाता थुलुङ राई र रितेशराज गुरुङको अभिनय छ। यसको निर्देशन बिजु कर्माचार्यले गरेका हुन्। ‘माया मनभरि’मा शब्द तथा कम्पोज तृष्णा र मबिन्द्र राईको रहेको छ। म्युजिक एरेञ्जिङ भने सन्नी सुनामको रहेको छ। उनको गाइने दाजैले ... , खानी हो यामु रे ... लगायतका गीत चर्चित छन्।
भिडियो हेर्नुहोस्:
https://youtu.be/3EFDJZ5TZl4