काठमाडौँ – दशैंमा प्रदर्शनको समय बनाउँदै आएको ‘रातो टिका निधारमा’ फिल्म प्रदर्शनको मिति टुंगो लगाएको छ। यही असोज १० अर्थात घटस्थापनाको २ दिन अगाडिबाट फिल्म प्रदर्शनमा आउने पक्का भएको हो।
फिल्मको एक गीत सार्वजनिक भएको छ भने अन्य सामग्री छिट्टै सार्वजनिक गर्ने टिमको तयारी रहेको छ। अशोक शर्माको लेखन तथा निर्देशन रहेको फिल्ममा डेब्यु नायक अंकित शर्मा उनकै छोरा हुन्।
फिल्म किरण शर्मा र कृति शर्माले निर्माण गरेका हुन्। पुरुषोत्तम प्रधानले खिचेको फिल्म मित्र देव गुरुङले सम्पादन गरेका हुन्। फिल्ममा साम्राज्ञी राज्य लक्ष्मी शाह र अंकितसंगै नीता ढुंगाना, खुस्बु खड्का, बसुन्धरा भुसाल, रविन्द्र झा, शिवहरि पौड्याल, लक्ष्मी गुरुङ लगायतको अभिनय छ।