काठमाडौँ – मिस नेपाल उषा खड्गी र श्रृंखला खतिवडा एकै मञ्चमा पुरस्कृत भएका छन्। ‘फेसन एन्ड मोडल अवार्ड–२०१९’ सम्पन्न भएसँगै मोडलिङमा सक्रिय व्यक्तिलाई पुरस्कृत गरिएको हो।
कार्यक्रममा मिस नेपाल २००० उषा खड्गीले एभरग्रिन तथा मोस्ट पपुलर मिस नेपालको अवार्ड पाइन्। त्यस्तै मिस नेपाल २०१८ श्रृंखला खतिवडालाई पपुलर पिजेन्ट टाइटल विनरको अवार्ड प्रदान गरिएको छ। मिस नेपालको आयोजक संस्था हिटन ट्रिजरका अध्यक्ष गोपाल सुन्दरलाल कक्षपतीले बेस्ट पेजेन्ट अर्गनाइजर घोषित भएको आयोजकले जनाएको छ।
अन्य विधामा रोजिन शाक्यले बेस्ट पिजेन्ट एमसीको अवार्ड र कमल खतिवडाले बेस्ट इभेन्ट डाइरेक्टरको अवार्ड जितेका छन्। त्यसैगरि जोर्डन राजभण्डारी बेस्ट इभेन्ट म्यानेजरका रुपमा घोषित भएका छन्। रमेश श्रेष्ठले बेस्ट सेट डिजाइनरको अवार्ड पाएको छ। समारोहमा साप्ताहिक पत्रिकाका उप–सम्पादक कृष्ण भट्टराईले भने बेस्ट फेसन पत्रकारको अवार्ड जित्न सफल भएको छ।
बेस्ट मिस्टरपेजेन्ट अर्गनाइजरको अवार्ड मिस्टर नेपालका आयोजक एक्सपोज नेपालकी अर्चना बस्नेतले जितेकी छिन्। बेस्ट कम्युनिटी बेस्ड पेजेन्ट अर्गनाइजरको अवार्ड पेज थ्रि हउटे कउटरले र बेस्ट किड्स पेजेन्ट अर्गनाइजरको अवार्ड इनोभेसन इभेन्ट्स म्यानेज्मेन्टका महेश केसीले जितेका छन्।