काठमाडौँ – असोज ३ गते रिलिज हुने भनेको फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ को टाइटल गीत ‘कबड्डी कबड्डी कबड्डी’ सार्वजनिक भएको छ। कालिकाप्रसाद बाँस्कोटा र अनुपम शर्माको शब्द/स्वर रहेकोे र्याप गीतमा सन्नी सोनामले संगीत भरेका छन्।
बिजु कर्माचार्यको निर्देशनमा तयार भएको गीतमा कालीप्रसाद बास्कोटा, अनुपम शर्मा, दयाहाङ राई, उपासना सिंह ठकुरी, रिश्मा गुरुङ, कर्मा लगायतका कलाकारको अभिनय रहेको छ।
चलचित्रको शीर्ष गीत सोमबार युट्युवमार्फत रिलिज गरिएको हो। गीतमा २ समूहबीचको कबड्डी खेलको माहोललाई देखाउन खोजिएको छ। भिडियोको सम्पादन भने बिजु कर्माचार्यले नै गरेका छन्। भिडियोकोे सन्जिप राई र बलराम बुढाथोकीको छायाङ्कन गरेका हुन्।
चलचित्रलाई रामबाबु गुरुङले निर्देशन गरेका छन्। दयाहाङ राई र उपासनासिंह ठकुरी चलचित्रको मुख्य भूमिकामा छन्। ‘कबड्डी कबड्डी कबड्डी’को कथा निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले लेखेका हुन्।