काठमाडौँ, ६ माघ – चलचित्र ‘रणवीर’को ‘मान्न चाहन्न’ गीत सार्वजनिक भएको छ। हर्कुलस बस्नेत र प्रविशा अधिकारीको स्वर रहेको उक्त गीतमा नायिका सुपुष्पा भट्ट र नायक सुशील सिटौलाको अभिनय रहेको छ।
चलचित्र ‘रणवीर’ माघ १८ गतेबाट प्रदर्शनमा आउने भएको छ। गीतमा शब्द तथा सङ्गीत गायक हर्कुलसकै रहेको छ। एक्सन र लभस्टोरी भएको यो चलचित्रमा नायक सिटौला, नायिका भट्ट, प्रशान्त ताम्राकार, शुभेच्छा खड्का, बी गिरी, नरेश पौडेल, हरिहर शर्मा, टीका पहाडी, भोलाराज सापकोटा लगायतका कलाकारको अभिनय रहेको छ।
निर्देशक गोविन्द भण्डारीको निर्देशनमा बनेको उक्त चलचित्रको कथा, पटकथा र संवाद पनि उनकै रहेको छ। यसमा महेश पौडेलको छायाङ्कन, कृष्ण भण्डारीको सम्पादन र चन्द्र पन्तको द्वन्द्व रहेको छ।
चलचित्रलाई गोमा विष्ट थापा र दीपेन्द्र रेग्मीले निर्माण गरेका हुन्। सार्वजनिक भिडियोमा एकोहोरो प्रेम देख्न सकिन्छ। यस चलचित्रलाई रामजी लामिछाने र सुरेन्द्र बसेलले कोरियोग्राफी गरेका छन्।
https://youtu.be/k4b2W8qhzrU