काठमाडौँ – सन्तोष कालिकोटेको स्वरमा ‘तिम्रो त्यो नसालु’ बोलको नयाँ गीत सार्वजनिक भएको छ। कालिकोटेको नै शब्द/स्वर तथा सङ्गीत रहेको गीतमा रिकेश गुरुङको संगीत संयोजन रहेको छ।
निशान घिमिरे कास्यपले निर्देशन गरेको भिडियोमा जय रसाइली र रिमा विश्वकर्माको मुख्य अभिनय रहेको छ। गोदावरी आसपासका स्थानमा खिचिएको गीतमा बुद्ध थापाको छायाँकन र विकास दाहालको सम्पादन देख्न सकिन्छ। गीतलाई लक्ष्मी रसाइली र ललिता श्रेष्ठले निर्माण गरेका हुन्।