काठमाडौँ – भारतीय चर्चित बलिउड अभिनेत्री सन्नी लियोनी नेपाल आउने भएकी छिन्। नेपाली फिल्म ‘पासवर्ड’ मा आइटम डान्स गरेकी सन्नी प्रिमियरका लागि नेपाल आउने भएकी हुन्। सन्नीले एक भिडियोमार्फत नेपाल आउन लागेको बताएकी छिन्।
उनले नेपाललाई सम्बोधन गर्दै आफू नेपाल ११ सेप्टेम्बरमा आउने जानकारी भिडियोमार्फत गराएकी छिन्।
काठमाडौँमा उनी ३ दिनसम्म बस्ने फिल्म टिमले जनाएको छ। उनले फिल्मको प्रचारमा समेत समय दिने जनाइएको छ।
सम्राट बस्नेतले निर्देशन गरेको ‘पासवर्ड’ फिल्ममा एक्सन थ्रीलरमा बनेको भनिएको छ। यस फिल्ममा अनुपविक्रम शाही, बिक्रम जोशी (विक्की), बुद्धि तामाङ, छुल्ठिम गुरुङ, विक्रान्त बस्नेत, रविन्द्र झा, प्रविण खतिवडा, लिशा सुनार, परी राना लगायतका कलाकारले शीर्ष भूमिकामा अभिनय गरेका छन्। भदौ १३ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘पासवर्ड’ मा सन्नी लियोनीको एक आइटम गीत समावेश छ।