काठमाडौं– लगातार हिट सिनेमाका कारण सफलता बटुलिरहेका बलिउड अभिनेता आयुष्मान खुर्रानाले आफ्नो पारिश्रमिक बढाएका छन्।
हालै मात्र ‘अन्दाधुन्द’ सिनेमाका लागि भारतको राष्ट्रिय पुरस्कार जितेका आयुष्मानले विज्ञापन खेले बापत लिदैं आएको रकममा ३ गुणाले वृद्धि गरेको भारतीय संचारमाध्यमले जनाएका छन्।
उनले प्रति विज्ञापन १ करोड भारू लिदैं आएका थिए, अब भने ३.५ करोड लिन लागेका छन्।
उनले विज्ञापनसँगै सिनेमाको पारिश्रमिक पनि बढाएका छन्। सिनेमामा बढाएको पारिश्रमिकका बारेमा भने केहि सार्वजनिक भइसकेको छैन।