काठमाडौं – अभिनयबाट फिल्मी दुनियामा पाईला टेकेका केही अभिनेत्रीहरु निर्मात्रीका साथै निर्देशक पनि बन्न सफल भएका छन्। तर उनीहरुको निर्देशनमा बनेका फिल्मले भने त्यति राम्रो सफलता हात पार्न सकेन।
भारतिय फिल्मको ईतिहासमा प्रथम महिला निर्मात्रीको श्रेय अभिनेत्री देवी रानीलाई जान्छ। उनी फिल्म निर्मात्री त बनिन् तर निर्देशनको क्षेत्रमा अगाडि बढ्न भने धेरै समय पर्खनु पर्यो। त्यस्तै भारतमा केहि त्यस्ता अभिनेत्रीहरु छन्, जो अभिनयको बाटो हुँदै निर्मात्री तथा निर्देशक बन्न सफल भए।
हेमा मालिनी
भारतिय अभिनेत्री हेमा मालिनी अभिनय तथा निर्देशनकै कारण आफ्नो छुट्टै पहिचान बनाउन सफल बनेका छिन्।
उनले निर्देशन गरेका केहि प्रशिद्ध फिल्महरुमा ‘मोहिनी’, ‘दिल आशान है’, टेल मी ओ खुदा’, रहेका छन्,र उनले अभिनेत्रीका रुपमा पनि धेरैवटा सफल फिल्म दिएकी छिन्।
अर्पणा सेन
अभिनेत्री अर्पणा सेनलाई पहिलो फिल्मबाट नै प्रशंसा मिल्यो र त्यो भन्दा बढी चर्चा उनलाई निर्देशन क्षेत्रमा प्राप्त भयो।
उनले निर्देशन गरेको पहिलो फिल्म‘ ३६ चौरंगी लेन’ बाट नै सफलता मिल्यो। त्यस्तै गरि उनी ‘जापनीज वाइफ’, ‘मिस्टर एण्ड मिसेस् ऐयर’, ‘परोमितार एक दिन’,सती लगाएत धेरै चर्चित तथा ख्याती प्राप्त फिल्म बनाउन सफल भएकी छिन्।
पूजा भट्ट
आफ्नो बुबा निर्देशक भएकै कारण होला सायद उनले आफूलाई अभिनय मार्फत नै चिनाइन्। त्यसपछि पूजाले आफ्नो बुबाको क्षेत्र निर्देशनतिर जाने निभो गरिन। उनको निर्देशनमा रहेको पहिलो फिल्म ‘पाप’ हो।
त्यस्तैगरि उनले ‘होलिडे’, ‘धोका’, ‘कजरारे’,र ‘जिस्म २’, जस्ता थुप्रै फिल्महरु निर्देशन गरेकी छिन्।
कोंकना सेन शर्मा
अभिनेत्री कोंकना सेन शर्माले अभिनयकै कारण दुईवटा नेशनल अर्वाड र चारवटा फिल्मफियर अर्वाड पाइकी छिन्। कोंकना सेन शर्माले आफ्नी आमा अर्पणा सेनले जस्तै अभिनयका साथै निर्देशनमा आफूलाई चिनाइन्।
उनले निर्देशनको सुरुवात बंगाली शर्ट फिल्म नामकरणबाट गरे। त्यसपछि उनले ‘डेथ इन गंज’ फिचर फिल्म निर्देशन गरिन्। सो फिल्मबाट उनले बेस्ट डेब्यू डाइरेक्टको फिल्मफेयर अर्वाड प्राप्त गरेकी थिइन्।
नन्दिता दास
अभिनय क्षेत्रमा आफ्नो छवि जमाउन सफल अभिनेत्री हुन् नन्दिता दास। उनको कला क्षेत्रमा जतिनै तारिफ गरे पनि कम नै मानिन्छ।
उनले निर्देशन गरेको फिल्म ‘फिराक’ ले राम्रो सफलता हात पार्न सफल भए। यसका साथै उनको अर्को फिल्म ‘मन्टो’ ले पनि राम्रो प्रशंसा पायो।