काठमाडौँ – नेपाली चलचित्रकी नायिका विपना थापा एक समयमा नेपाली फिल्म इनडस्ट्रीमा आफ्नो छवि जमाउन सफल भएकी नायिका हुन्। तर अहिले भने उनी फिल्मको पर्दामा देखिन छाडेकी छिन्।
उनी विवाह गरेर भारत जानु परेकै कारण चलचित्र क्षेत्रमा आउन नपाएको कुरा उनी बताउछिन्। हाम्रो नेपाली संस्कृति अनुसार विवाह गरेपछि पराई घर जानुपर्छ। म पनि गएँ। त्यसपछि सन्तान भएपछि त झन् चलचित्र क्षेत्रमा आउने कुरै भएन। उनको परिवार बाहेक उनी नायिका होे भनेर भारतमा अरुलाई थाहा थिएन। नेपालको जस्तो चर्चा भारतमा नभएकै कारण होला सायद ‘म दर्शकहरुलाई धेरै सम्झन्थे’, उनी आफ्नो निन्याउरो स्वरमा भन्छिन्।
चलचित्र क्षेत्रलाई सम्झिरहेकी विपना भन्छिन्, ‘पुराना पुस्ताका कलाकारहरुसँग एउटै चलचित्रमा कार्य गर्ने मेरो सपना छ।’ एउटै चलचित्रमा काम गर्न सम्भव नभएपनि एउटै स्टेज भने शेयर गर्ने आफ्नो ठूलो सपना भएको बताउछिन्।