काठमाडौँ – हिमालयन रोडिजको नयाँ सिजनको बारेमा सुचना दिन शुक्रबार काठमाडौँमा कार्यक्रमको आयोजना गरिएको थियो। यस अघि दुई सिजन सफलता पूर्वक सम्पन्न गरिसकेको एड्भेन्चर रियालिटी शो हिमालय रोडिज हिमालय टेलिभिजनबाट प्रशारण हुदै आएको छ।
यस कार्यक्रमलाई निर्देशक अमनप्रताप अधिकारीले नयाँ तरिका,नयाँ अनुहार तथा नयाँ ढङ्गका साथ प्रस्तुत गर्ने बताए।उनले कार्यक्रममा भने,‘पहिलो र दोस्रो सिजनमा प्रतिस्पर्धी मात्रै भिड्थे भने अहिलेको यो नयाँ सिजनमा ग्रुप लिडरले पनि खेलमा चूनौतीपुर्ण खेलमा सहभागि हुने बताए।पहिले र दोस्रो सिजनमा ३ जना जज थियो भने यो सिजनमा ४ जना जज हुने बताएका छन्।
पहिलो र दोस्रो सिजनका जज रेमनदास श्रेष्ठ यो सिजनमा होस्ट र आशिस राना र दिया मास्के जज बन्ने भएका छन्। थप जज पहिलो सिजका विजेता समन श्रेष्ठ र नायक अनुपविक्रम शाही रहेका छन्। यो सिजनमा ५ सहरमा अडिसन हुने भएको छ। भदौ २८ गते धरान,भदौ ३१ गते चितवन, असोज ३ गते नेपालगञ्ज,असोज ६ गते पोखरा र असोज ९ गते काठमाडौँमा हुने बताएका छन्।