काठमाडाैँ–नविन रावल र सदिक्षा कट्टेलको स्वरमा रहेको फर्की फर्की’ बोलको गीत प्रर्दशन भएको छ। यस गीतमा राहुल शाह र एलिशा शर्माले अभिनय गरेका छन्। गीतमा गायक रावल स्वयंले संगीत भरेका छन्। फिल्मको काहानीअनुसार तयार पारिएको गीतको शब्द मिलन विष्टका हुन् भने संगित गायक आफैले गरेका छन्।
म्युजिक भिडियोको निर्देशन राहुल शाह आफैले गरेका हुन् र कोरीयोग्राफी पनि। यस गीतका छायांकन र सम्पादन पवन सुस्लिङक रहेको छ। गीतमा नृत्य प्रस्तुत चार वटा डान्स ग्रुपले गरेको छ।
गीतमा नृत्य प्रस्तुत गर्नेहरुमा अखिलेष , खगेन्द्र, कृतिका, उपासना, सुनिता, मेलिना, रेजिना, सलिना, अर्चना, यूनिशा, सुजन, रमेश, आरोग्या, प्रलभ, सदिक्षा, यूनिशा, मेरी, सन्जु, कृस्पिना, प्रशान्त, अक्षय, शैलेश र नरेन रहेका छन्।
https://youtu.be/7pcst9NIlZ4