एजेन्सि – ३० अगस्टमा’ सुजित रेड्डीको निर्देशनमा रहेको ‘साहो’ फिल्म सार्वजनिक हुने भएको छ। फिल्ममा हिरोको रुपमा बल्कबस्टर प्रभास उप्लापातीलाई देख्न सक्छौँ।
‘साहो’ फिल्मको निर्माण टी–सिरिज कम्पनिले गरेका हुन्। यस फिल्ममा नेली नितिन मुकेश मुख्य भिलेनको रोलमा देखिनेछन्। अभिनेत्रीमा श्रद्धा कपुर,इभेलीन शर्मा र मन्दीरा बेदी रहेका छन्।
यो फिल्म निर्माण गर्न भारतिय रुपयाँ ३५० करोड लगानी लागेको कुरा निर्माण टिम बताउछन्। ‘साहो फिल्म एकैचोटी ३ वटा भाषा हिन्दी, तमिल र तेल्गुमा प्रदर्शन हुने भएको छ।