काठमाडौँ – संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गैरआवासीय नेपाली संघ एनआरएनए)सँग मिलेर ‘एक नेपाली, एक विदेशी साथी नेपाल पठाऊ अभियान’ चलाउने भएको छ।
सन् २०२० मा २० लाख पर्यटक भित्रयाउने लक्ष्य राखेको मन्त्रालयले यो अभियान अघि सारेको छ जसका लागि पर्यटन भित्रयाउने प्रमुख १० स्रोत बजारको पर्यटन आगमन प्रक्षेपण र त्यसका लागि आवश्यक कार्यक्रमहरु सञ्चालन गर्ने मन्त्री बताएका छन्। सोमबार एक कार्यक्रमा बोल्दै उनले यसो भनेका हुन्।
पर्यटन विकासका लागि नेपालका थप पुरातात्विक सम्पदाहरु रामजानकी मन्दिर लगायतका मन्दिरहरुलाई विश्वसम्पदा सुचिमा राख्ने योजना सरकारको रहेको छ। यसले केवल आर्थिक पक्षमा मात्र योगदान नदिइ जनचेतना रोजगारी पूर्वधार विकास अन्र्तरराष्ट्रिय परिचालन र रभ्यताको विकासम टेवा पुग्ने बताए।