एजेन्सी– भारतिय अभिनेत्री अनन्या पाण्डेले आफ्ना बुवा चंकी पाण्डेसँग स्क्रीन शेयर गर्ने ठूलो चाहना रहेको बताइन्। अनन्या सानै उमेरमा आफ्नो खास पहिचान बनाउन सफल भइन्।
साने उमेरमै फिल्म मेकर करण जौहरको फिल्म “स्टुडेन्ट् अफ द ईयर २” बाट बलीवुडमा डेब्यू गरेकी अनन्याले सानो उमेरको स्टार हुनाको फाइदा र बेफाइदा बताएकी छिन्।
२० वर्षीय अभिनेत्री अनन्या भन्छिन्, “स्टुडेन्ट् अफ द इयर-२” फिल्ममा डेब्यू गरेपछि मेरो लाईफ अवश्य पनि बदलेको छ। उनी आफूँ नाम कमाउन र चर्चित हुन सफल भएको बताउँछिन्। उनी टिनेजर भएको कारण अलि चञ्चल छिन् त्यसै कारण नर्मल व्यबहार गर्ने कोशिस गर्छु भन्छिन्।
अब आउने समयमा अनन्या अभिनेता कार्तिक आर्यनसँग पति, पत्नी और सिरियलमा छाउने छिन्। उनी भन्छिन्,‘एउटा त्यस्तो अफर आओस् जहाँ आफ्नो बुबाको साथमा काम गर्ने मौका मिलोस्।’