एजेन्सी– ऋतिक रोशन र टाईगर श्राँफ जब फिल्ममा एकैसाथ भएपछि एक्शनमा आगो नलाग्ने त कुरै भएन। यही दुई एक्शन हिरोलाई एउटै पर्दामा देख्ने छौँ ‘वार’ फिल्ममा।
एक्शन र एडभेन्चरले भरिएको फिल्म ‘वार’ को ट्रेलर मगंलबार रिलिज भएको छ। निर्देशक सिद्धार्थ आनन्दले निर्देशन गरेको फिल्म ‘गान्धि जयन्ती २ अक्टुबरको दिन रिलिज हुदैँ छ।’
हिन्दी, तमिल र तेलुगु भाषामा एकैसाथ प्रदर्शन हुने ‘वार’ फिल्म विदेशको शानदार लोकेशनहरुमा सुटिङ भएको छ। याे फिल्मको एक झलक टिजरमा पनि देख्न पाइन्छ।
‘वार’ फिल्म ७ ओटा अलग–अलग देश र १५ ओटा फरक शहरहरूमा शुट गरिएको छ। फिल्ममा टाईगर श्राँफ र ऋतिक रोशनबीच खतरानाक एक्शन सिन देख्न पाइन्छ।
फिल्मको एक्शन सिनको सुटिङ गर्न फिल्म मेकर्सले ४ एक्सन डायरेक्टरको प्रयोग गरेका छन।
https://youtu.be/tQ0mzXRk-oM