काठमाडौँ– नेपालको अनाथ बालबालिकाको सहयोगको लागि युरोपमा साङ्गीतिक कार्यक्रमको आयोजना हुने भएको छ। कार्यक्रमको आयोजना ललितपुरमा रहेकाे सुन्दर र शान्त बाल कल्याणकारी संस्था ले गर्न लागेको हो।
यस कमर्यक्रमको नाम ‘पिस एण्ड युनिटी अ म्युजिकल टुर २०१९’ दिइएको छ। उक्त साङ्गीतिक कार्यक्रम अब आउने असोज २७ गते देखी कार्तिक ७ गते सम्म युरोपको डेनमार्क, बेल्जियम र पोर्चुगलमा हुने भएको छ।
असहाय बालबालिकाहरूको आधारभूत आवश्यकता पुरा गर्ने उदेश्यले साे कार्यक्रम आयोजना गर्न लागेको आयाेजकले बताएकाे छ। उक्त्त कार्यक्रममा नायिका वर्षा रावत,गायिका तृष्णा गुरुङ र गायक सुगम पोखरेल पनि सहभागि हुनेछन्।