काठमाडौँ– निर्देशक दिवाकर भट्टराइले निर्देशन गरेका फिल्म स्टुपिड मन, एश्वर्य, क्याप्टेन हुन्। उनले हालै फिल्म निर्माणमा पनि पाइला टेकेका छन् । पहिलो फिल्म ‘तिमीसँगै हुने मन छ’ बाट फिल्म निर्माण गर्ने कुरा बताएका छन्।
उक्त फिल्मको स्क्रिप्ट बोकेको तस्विर सार्वजानिक भएपछि भट्टराईको फिल्म निर्माण र निर्देशनबारे खुलासा भएको हो।
आफूले निर्माण गर्न लागेको फिल्म ‘तिमीसँगै हुने मन छ’ मा आफ्नै श्रीमती नायिका दिपिका प्रसाई हुने बताएका छन्। अरु कलाकारको बारेका भने उनले केही भनेका छैनन्।
ओम नम शिवाय प्रोडक्सनको व्यानरमा निर्माण हुने फिल्म ‘तिमीसँगै हुने मन छ’ दशैँपछि शुटिङ हुने भएको छ।