काठमाडौं – फिल्म ‘जीवन काँडा कि फूल’को ट्रेलर प्रदर्शन भईसकेको छ। फिल्मको ट्रेलरसँगै फिल्म प्रोडक्सन टिमले प्रदर्शन मिति पनि तोकेको हो। फिल्म सार्वजनिक कार्तिक २२ गतेदेखि प्रदर्शन हुने भएको छ।
काठमाडौंकी रोजिता बुद्धाचार्यले फिल्ममा झमकको बाल्यावस्थाको भूमिकामा छिन् भने सिलीगुडीकी अवस्था थापा वयस्कको भूमिकामा छिन्।। तीसभन्दा बढी कलाकारको अभिनय रहेको यो फिल्ममा झमकको बुबाको भूमिका किसन सुनार, आमाको भूमिका उमा गिरि र बहिनिको भूमिका सारिका घिमिरेले निभाएका छन्।
झमक र प्रकाश सिवाकोटीको गीतहरु फिल्ममा राखिएको छ। शिव ढकालले छायांकन गरेको फिल्मलाई तारा थापाले सम्पादन गरेका हुन्। मुक्ति उपाध्याय बरालको पटकथा तथा संवाद रहेको फिल्ममा साहित्यकार झमक घिमिरेको जीवनकथा समावेश गरिएको छ। यो फिल्मको निर्देशक विनोद विष्ट हुन्।
https://youtu.be/YVqxJF824KQ