काठमाडौँ – द भ्वाइस अफ नेपाल बाट चर्चित भएका सुशील गर्तौलाको स्वरमा ‘पहिलो यो माया’ बोलको नयाँ गीत सार्वजनिक भएको छ। सार्वजनिक सो गीतमा धनबहादुर गोपली र श्री केसीको शब्द/सँगीत रहेको छ।
सुशीलको स्वरमा रेकर्ड भएको यो पहिलो गीत हो। द भ्वाइसको अडिसनमा पनि सुशीलले यसै गीतको केही अंश गाएका थिए। अडिसनमा सुशीलको गायकीको निकै प्रशंसा भएको थियो। सुगम संगीतमा उनको स्वर निकै राम्रो भएको धेरैको प्रतिक्रिया थियो।
प्रकाश धितालको निर्देशनमा तयार भएको भिडियोमा शेखर सुवेदी र समीक्षा पोखरेलको मुख्य अभिनय रहेको छ। उत्सव दाहालले खिचेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन् भने नृत्य निर्देशन सन्तोष राजबाहकको रहेको छ। भिडियो मंगलबार युट्युबबाट सार्वजनिक गरिएको थियो।
https://www.youtube.com/watch?time_continue=5&v=g_R3fL2AX1Y