नियालेर हेर्छु, ओइलाएर फूल झर्छ किन?
आखिर जिवन बुझ्न नपाई मर्छ किन?
बेदना र पिरबिच जिवन समर प्यास तृष्णा अनायासै टर्छ किन?
मुटु मझेरीमा प्रेमको चोट खाँदा तड्पीएर खुशी सबै हार्छ किन?
साँचो भन्दा झुटो जिन्दगी ठाने हरेक याद आँशुले गह भर्छ किन?
जहाँ माया, प्रेम र समर्पण हुन्छ भाग्यले नै घात गर्छ किन?
नियालेर हेर्छु, ओईलाएर फूल झर्छ किन?
आखिर जिवन बुझ्न नपाई मर्छ किन?
बेनुप खत्री