काठमाडौ – कागेश्वरी मनोहारा ९ स्थित पुष्प वाटिका माध्यामिक विद्ययालयले तीज नृत्य प्रतियोगिता भब्यताका साथ सम्पन गरेको छ । विद्यार्थीहरुलाई आफ्नो प्रतिभा प्रस्फुटन गर्ने अवसरको रुपमा विद्यालयले विगत ५ वर्ष देखि तीजको अवसर पारी प्रतियोगितको आयोजना गर्दै आएको छ ।
नृत्य प्रतियोगितामा प्रथम मार्टिन पाठक, द्घितिय जानकी थापा र उपमा रिजाल, तितृय प्रकृति वोहरा, मलिका दाहाल, चौथो एव्रिना राई, प्रीयासी भुजेल रहेका छन्। प्रतियोगितमा विजयी कलकारहरुले क्रमशमा रु २०००, १५००, १०००, ५०० गरी नगद पुरष्कारका साथै प्रमाणप्रत्र प्रदान गरियो ।
संगीत, नृत्य, खेल इत्यादि क्षेत्रका ब्यक्तिहरुले विभिन्न विधामा प्रशिक्षण दिइने यस विधालयमा विद्यार्थीको पढाई सगँसगैँ चौतर्फी विकासमा विशेष ध्यान दिने गरेको विद्यालयका संयोजक तिलक कार्कीले बताउनुभयो। विगत ५ वर्ष देखि यस विधालयले पुष्प वाटिका तीज नृत्य प्रतियोगिता आयोजना गदै आएको छ ।
कार्यक्रमले अविभावक, विद्यार्थी, शिक्षक कर्मचारीहरु पनि तीजका गीतमा नाचेर खुशी व्यक्त गर्नुभएको छ। कार्यक्रममा एस.इ.इ पास गरेका विद्यार्थीहरुलाई सम्मानसमेत गरियो। अन्तमा उपस्थित सम्पूर्णले दर खाएपछि कार्यक्रमको समापन गरियो । प्रतियोगितामा नृत्य निर्देशक संघ नेपालका केन्द्रिय वरिष्ठ उपाध्यक्ष प्रदिप श्रेष्ठको प्रमुख अतिथ्यमा रहेको थियो।