एजेन्सी – प्रभास र श्रद्धा कपुरको फिल्म ‘साहो’ ले बक्स अफिसमा आक्रमक व्यापार गरेको छ। फिल्मले पहिलो दिनमा नै २४ करोड भन्दा माथिको व्यापार गर्न सफल भएकाे छ।
फिल्म ‘साहो’मा दर्शकहरुको के्रज भने अत्यन्तै बढीरहेको छ। उक्त फिल्मले खासगरि मुम्बइ र गुजरातमा शानदार व्यापार गरेको थियो। प्रभास र श्रद्धा कपुरको फिल्म ‘साहो’ साउचको तेस्रो यस्तो फिल्म हो जस्ले हिन्दी मार्केटमा सबैभन्दा बढी व्यापारको रेर्कड राखेको छ। यो भन्दा पहिला प्रभासको ‘बहुबली’ ले पनि हिन्दी मार्केटमा धमाका मच्चाएको थियो।
‘साहो’ को के्रज देख्दा शनिबार र आइतबार पनि फिल्मले धमाकेदार कमाई गर्नेमा निर्माण टिम विश्वस्त देखिन्छ। पहिलो हप्तामा नै ५०–६० करोडको वयापार गर्ने अनुमान गरिएको छ। फिल्मको पहिलो दिनको कमाईको जानकारी बक्स अफिस इन्डियाले दिएको हो।