एजेन्सी – फिल्मी संसार हेर्दा जतिनै सुन्दर देखिएता पनि गहिराइमा पसेर हेर्दा धेरै नै फरक छ। फिल्म क्षेत्रमा आफ्नो भविष्य बनाउन आउनेहरुको लर्को पनि उतिनै देखिन्छ। तर नाम र दाम कमाउन आउने सयौँ युवायुवातीहरुलाई यस क्षेत्रले अकल्पनिय पिडा दिएको छ। यस्ता कष्टदायी पिडाका कारण कतिले फिल्मी क्षेत्र त कतिले दुनिया नै छोड्न बाध्य भएका छन्।
त्यस्तै मध्येकी एक हुन् नायिका पर्ल पंजाबी। बलिउडमा आफूलाई स्थापित गर्ने र प्रसिद्धि कमाउने उद्देश्य बोकेर उनले फिल्म क्षेत्रमा पाइला त राखिन् तर सपफलता पाउन नसकेकाे कारण उनले २९ अगस्टको राती आफू बस्ने अपार्टमेन्टको छतबाट हाम फालेर आत्महत्या गरिन्। यसको मुख्य कारण उनले फिल्म क्षेत्रमा भोगेका समस्याहरु नै रहेको बताइन्छ। भाग्य र मेहनतका कारण मौका पाएर अत्यधिक संघर्ष गर्दा पनि केही हासिल गर्न सकिनन् उनले।
उनी मुम्बईको ओशिवारा इलाकामा बस्दै आउकी थियिन्। उनले ठूलो सपनासहित मनोरञ्जनको क्षेत्रमा कदम त राखिन् तर यस क्षेत्रमा आइपर्ने समस्याबारे भने बेखबर भइन्। लामो समयदेखि आफ्नो नीजि र व्यवसायिक जीवनमा संघष गरिरहेकी उनले फिल्म क्षेत्रको प्रेसर झेल्न नसक्दा अन्तत मृत्युको बाटो रोजिन्। सपना अनि वास्तविकताको अन्तर नबुझेर उनीजस्ता थुप्रैले यस क्षेत्रमा हाम फाले र केहि नलागेर संसार नै त्यागे।