काठमाडौं –हरितालिका तीजको अवसरमा कालिकोट समाजले शनिबार ‘तीज विशेष भेटघाट कार्यक्रम’ सम्पन्न गरेको छ।
तीजको अवसमा कालिकोट घरभई काठमाडौँमा बस्दै आएका दीदिबहिनीलाई दर खुवाउने र भेटघाट गर्ने उदेश्यका साथ उक्त कार्यक्रमको आयोजना गरिएको हो। कार्यक्रममा आरआर क्याम्पसका सभापति एवं अखिलका नेता तपेन्द्रजं शाहीले धन्यवाद ज्ञापन गरेका थिए। स्वागत मन्तव्य भुमिका पोखरेलले राखेकी थिइन। त्यस्तै कार्यक्रमको सञ्चालन समाजका महासचिव तिलक प्रसाद उपाध्यायले गरेका थिए।
भेटघाट कार्यक्रम’ का प्रमुख अथितिका रुपमा रहेका पूर्व अर्थमन्त्री एवं नेकपाका नेता सुरेन्द्र पाण्डेले विकटताका हिसाबमा कालिकोट पछि परे पनि त्यहाँको जनसंख्या, स्वास्थ्य, शिक्षालगायत क्षेत्रमा अगाडि रहेको बताएका छन्। साथै पाण्डेले आफू ३० वर्ष पहिले कालिकोट पुगेको स्मरण समेत गरेका थिए।
उनले भने, ‘म निक्कै वर्ष पहिले कालिकोट पुगेको थिए। सुर्खेतबाट हिडेर कालिकोट पुगेको हुँ। त्यतिबेला र आजको कालिकोट निक्कै परिवर्तन छ। हालको परिवर्तन हासिल गर्नको लागि कालिकोटका जनताको ठूलो योगदान र बलिदानी छ। साविकको कर्णालीभित्रको कालिकोट विकटताका हिसाबले दुर्गम होला। तर, अन्य हिसाबमा अगाडि छ।’
उनले भने, ‘मुलुक संघीयतामा प्रवेश गरिसकेपछि अन्य जिल्लाको तुलनामा केही कुरामा कमि भएता पनि कालिकोटले सिंगो कर्णाली प्रदेशलाई नेतृत्व गरिरहेको छ। त्यसैले यस संस्थाले राजनीति नगरोस्। कालिकोट समाज वास्तमै त्यहाँको समाजका मानिसलाई संघीय राजधानीमा सेवा गर्न कसोस्। यहि शुभकामना छ। साथै सम्पूर्ण दिदीबहीनीमा तीजको शुभकामना’ब्यक्त गरे।
त्यसैगरी समाजका संयोजक कमल शाहीको अध्यक्षमा सम्पन्न उक्त कार्यक्रममा पूर्वमन्त्री प्रेम सिंह, नेकपाकी नेता एवं पूर्वमन्त्री सत्य पहाडी, सांसदहरू दुर्गबहादुर रावत, जीवन बुढा, नरपति सुनार, त्यस्तै वरिष्ठ पत्रकार प्रेम कैदी, नेकपाकी केन्द्रीय सदस्य दिलु पन्त, नेपाल तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीलगायत वक्ताले तीजको शुभकामना दिँदै कालिकोटको समर्ग विकासका लागि एकजुट भएर अगाडि जानुपर्ने धारणा राखेका थिए।
राजधानीको सिंहदरबार स्थित योगम्बर वैंक्वीटमा सम्पन्न कार्यक्रममा कालिकोटका विभिन्न राजनीतिक दलका जिल्ला स्तरीय नेता, कार्यकर्ता, पत्रकार, विभिन्न पेशा व्यवसायमा क्रियाशिल व्यक्तिहरूको उपस्थिति रहेको थियो।