एजेन्सी– अभिनेता अक्षय कुमारलाई भेट्नको लागी आइतबार एक युवक आएका थिए। उनी अक्षयका सामान्य फ्यान थिएनन् किन भन्दा उनी अक्षयलाइ नै भेट्न भनेर ९ सय किलोमिटर हिँडेर आएका थिए।
हिन्दुस्तान टाइम्सका अनुसार उनी द्वारिकाबाट हिँडेर मुम्बईसम्म आएका हुन्। अक्षयले यो भेटबारे इन्स्टाग्राममा पोस्ट गर्दै भनेका छन् ‘द्वारिकाबाट आएका पर्वतलाई भेटेँ। १८ दिनसम्म हिँडेर आएको पर्वतको मलाई भेट्ने रहर पुरा भएको छ।। यस्तै लगनशीलता र प्रतिबद्धता हाम्रा युवाहरूले लिने हो भने हामीलाई केहीले रोक्दैन।’
उनलाई चिनेकाहरुले अक्षयको पोस्टमा कमेन्ट गर्दै पर्वत आफ्नो लक्ष्य पूरा गर्न केही रात नसुती हिँडेको बताएका छन्। पर्वतलाई भेटेपछि अक्षयले सोधे,‘ आइतबार मलाई घरमै भेटिन्छ भनेर कसरी थाहा भयो? पर्वत भन्छन्, ‘थाहा छ सर मलाई, तपाईको फ्यान हुँ म।’ अक्षय दङ्ग पर्छन्।
उनले आफ्नो फ्यानको प्रशंसा गर्दै भने,‘अरु फ्यानलाई यस्तो नगर्नु र यसरी बिताउने समय कुनै उपयोगी काममा प्रयोग गर्नु, तपाईं (फ्यान)हरूलाई भेट्नु सधैं खुसीको कुरा हो। तपाईंहरूले दिएको मायाका लागि म सधैं आभारी छु। तर कृपया यसरी आफ्नो समय र ऊर्जा खेर नफ्याँक्नुहोस्। आफ्नो जीन्दगी बनाउन खर्चिनुहोस्।’