काठमाडौं – सनुप पौडेलको स्वरमा नयाँ गीत ‘प्रश्न’ सार्वजनिक भएको छ। सफर पोखरेलको शब्द रहेको गीतमा सुशान्त गौतमले संगीत भरेका छन भने गोपाल रसाइलीको संगीत संयोजन रहेको छ।
राजिव भुसालको निर्देशनमा तयार भएको गीतमा राजीव र मनिषा न्यौपानेको मुख्य अभिनय रहेको छ। सार्वजनिक सो गीतको भिडियो अष्ट्रेलियाको सिड्नी वरपर खिचिएको छ। गीतको शुरूमा सफरको आवाजमा आउने छोटो कविताले गीतको भाव सञ्चारमा झनै ज्यान थपेको छ।
https://www.youtube.com/watch?time_continue=1&v=cgQ7kpChtOU