एजेन्सी– ‘साहो’ फिल्मको व्यापारको कुरा गर्नुपर्दा यो फिल्म एक नयाँ रेकर्ड राख्न सफल भएको छ। बक्स अफिस इण्डिया को भनाइ अनुसार आइतबार धेरै मात्रमा व्यापार गर्दै उक्त फिल्मले ‘कबीर सिंह’, ‘मिशन मगंल’र ‘भारत’को व्यापारलाई पछाडि पार्दै रेर्कड बनाएको हो।
यो फिल्मले आइतबार मात्रै ३० करोडको व्यापार गरेको थियो।
फिल्मले सुरुको दिन भने हिन्दी संस्करणमा २४ करोड कमाएको थियो।। त्यस्तै दोश्रो दिन शनिबार २५ करोड भारू कमाइ गरेको थियो। इण्डियन एक्सप्रेसले ‘साहो’ फिल्मले २ दिनमा विश्वव्यापी रूपमा २ सय ९४ करोड भारू कमाइ गरेको कुरा बताएकाे थियाे।