काठमाडौं– भारतमा कार्तिक १५ र नेपालमा कार्तिक २२ गतेबाट प्रदर्शन हुने फिल्म ‘लभ यु हमेशा’ को गीत आज सार्वजानिक भएको छ। अभिनेता यशराज गराच र नवअभिनेत्री फिजा योन्जनको अभिनय रहेको गीतको भिडियोकाे कोरियोग्राफी भने रामजी लामीछानेले गरेका हुन्। भासुको शब्दसंगीत रहेको गीतमा प्रताप दास र श्रेया सोताङको आवाज रहेको छ।
https://youtu.be/XTR8mXcguhA
‘लभ यु हमेशा’ फिल्मको दृश्यहरु भारतको कालेबुङ, सिलगुडी, काठमाडौ र फिलिपिन्समा खिचिएका छन्। धर्मा क्रियशनको ब्यानरमा बनेको फिल्मको निर्माण यवन गुरुङले गरेका हुन्। यस फिल्मकाे कलाकारहरुमा यशराज र फिजालगायत ऋचा थापा, गोपाल ढकाल, करुणा श्रेष्ठ, निराजन मेहता, पिटी योल्मा, प्रमिला राई, सल्देन तामाङ रहेका छन्। एनबी महर्जनको निर्देशन रहेको फिल्मलाई शिब ढकालले छायांकन गरेका हुन्।