काठमाडौं– फिल्म ‘रातो टिका निधारमा’ काे ट्रेलर रिलिज भएको छ। ट्रेलरमा अभिनेता अंकित शर्मा विदेश पठाउने मेनपावरको एजेन्टको अभिनयमा देखिएका छन्।
उक्त फिल्ममा नेपालको ग्रामिण क्षेत्रको वास्तविकता देखाउन खोजिएको छ।। फिल्म यहि असोज १० गते देखि प्रदर्शनमा आउने भएको छ।
अशोक शर्माको लेखन तथा निर्देशन रहेको फिल्मलाई किरण शर्मा र कृति शर्माले निर्माण गरेका हुन्। ् मित्र देव गुरुङले सम्पादन गरेका उक्त फिल्मलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् ।
फिल्मको अभिनयमा साम्राज्ञी र अंकित लगायत नीता ढुंगाना, खुस्बु खड्का, बसुन्धरा भुसाल, रविन्द्र झा, शिव हरी पौड्याल, लक्ष्मी गुरुङ रहेका छन्।
https://youtu.be/vcKfOzkPJfU