काठमाडौं– नेपालको सबैभन्दा ठूलो रियालिटी शो ‘आईएमई नेपाल लोक स्टार को अब उत्कृष्ट १० सांगीतिक प्रतिस्पर्धा हुदै छ। नेपालका प्रमुख ७ शहरहरु काठमाडौं ,पोखरा, इटहरी, जनकपुर, बुटवल, सुर्खेत र धनगढीमा यसको खुल्ला अडिसन भएको थियो। उक्त अडिसनबाट प्रतियोगिताका लागि ३ सय ५० प्रतिस्पर्धीहरु छानिएका थिए।
ती प्रतिस्प्रिर्धीहरुमध्ये बिनोद दनुवार, चेतन गोतामे, दीपेन्द्र राइ, मुना अर्याल, पबिन्द्र सुनार, प्रभुराज पाण्डे, रामकुमार नेपाली, रविराज शाह, शनि विश्वकर्मा र सुशिल आचार्य भने टप १० मा पुग सफल भएका छन्। शो एपिसोड शानदारकासाथ प्रस्तुत हुने आयोजकले बताएका छन्।
उक्त शो बेलुकी ८ : ३० बजे एपी.वान एचडी. र डिशहोम रमाइलो च्यानलमा बिहिबार र शुक्रबार प्रसारण भइरहेको छ। ‘आईएमई नेपाल लोक स्टार’को प्रथम पुरस्कार रु. ५० लाख, द्वितीय पुरस्कार रु. २५ लाख र तृतीय पुरस्कार रु. १० लाख रहेको छ।
निर्णायकमा सुनिता दुलाल, जयनन्द लामा, रामजि खाँड र बि.बि. अनुरागी रहेका छन्। कार्यक्रमका बैंकिङ पार्टनर कृषि विकास बैंङ, इन्सोरेन्स पार्टनर सिटिजन लाइफ इन्सोरेन्स, भोटिङ पार्टनर आइएमइ पे, होटल पार्टनर होटल काठमाडौं इन्, ट्राभल पार्टनर इस्ट एण्ड वेस्ट ट्राभल एजेन्सी रहेका छन्। यस रियालटी शो नेपालकै सबैभन्दा ठूलो रियालटी शो रहेको आयोजकले बताएको छ।