एजेन्सी– फिल्म ‘साहो’लाई चोरीको आरोप लागेतापनि बक्स अफिसमा शानदारको व्यापार गरिनै रहेको छ। शो फिल्मलाई चोरीको आरोप भने फ्रेन्चको चर्चित निर्देशक जेरोमी सल्ले ले लगाएका हुन्। उनको फिल्म ‘लार्गो विन्च’बाट कथा चोरी गरि ‘साहो’ फिल्म बनाइएको उनको आरोप छ।
फ्रेन्च निर्देशक जेरोमी सल्लेले ‘साहो’ निर्देशकलाई ‘मेरो काम चोर्नुहुन्छ भने मिलाएर चोर्नुहोस्’ भनेर ट्वीटरमार्फत पोस्ट गरेका हुन्। उक्त ट्वीटमा ‘साहो’ का निर्माता तथा निर्देशकबाट केही पनि रेसपोन्स आएको छैन।
पवन कल्याणको फिल्म ‘अज्ञेयवासी’ माथि पनि जेरोमी सल्लेले यो भन्दा अघिल्ला वर्ष चोरीको आरोप लगाएका थिए।