काठमाडाैं– रसुवाको टिमुरेमा प्रहरीले चालकलाई निर्घात कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भयो। धेरैले प्रहरीले सामान्य चालकमाथि दमन गरेको भनेर आलोचना गरेका थिए। त्यस घटनामा प्रहरी नै दोषी भएपनि तुरुन्त छानबिन गरी कारबाही गर्न आइजीपी सर्वेन्द्र खनालले निर्देशन दिएका छन्।
नागरिकको सुरक्षाका निम्ति खटिने प्रहरीले त्यस्तो व्यवहार गर्नु दुखद भएको खनालले बताएका छन्। उक्त घटनामा चालकले पहिले प्रहरी माथि दुव्र्यवहार गरेको र प्रहरीले उनलाई नियन्त्रणमा लिन सामान्य कुटपिट गरेको घटनामा संलग्न प्रहरीकाे भनाई छ। चालक अशेष तामाङलाई पार्किङमा राखिएको कन्टेनर हटाउन प्रहरीले आग्रह गरेको र उनले त्यसलाई बेवास्ता गरेको कारण साे घटना भएको बताइन्छ।
रसुवामा यस्ता घटनाहरु धेरै पटक भइसकेका छन्। प्रहरीले चालकलाई अपाच्य खालको शब्दहरु प्रयोग गरी गाली गरेको र सो गाली नगर्नु भन्दा उल्टै पिटेको पिडितको आरोप छ। तर प्रहरीले भने आफूलाई बदनाम गराउने खेल भएको बताएका छन्। तस्करी तथा समाजका खराब व्यक्तीबिरूद्ध कडारुपमा प्रहरी लागेकोले कमजोर बनाउने प्रयास भएको प्रहरीको भनाई छ।
यद्यपी आइजीपीले नै घटनाको सत्य छानबिन गरी दोषीलाई कडा कारबाही गर्न निर्देशन दिएसँगै पिडितले न्याय पाउने आश गर्न सकिन्छ।