काठमाडौं– एसीसी यु–१९ एसिया कपमा इन्डियाले विजयी शुरुवात गरेको छ। आज भएको खेलमा इन्डियाले कुवेतलाई ७ विकेटले हराएको हो।
१ सय ११ रनको लक्ष्य पछाएको इन्डियाको लागि अर्जुन अजादले नट आउट ६० रनको उत्कृष्ट पारी खेलेका हुन्। त्यस्तै नेहल वाधेराले १८ रनको योगदान दिए। श्रीलंकाको बलिङतर्फ अब्दुल शादिक, फइज क्विरेसी र आमिर अलीले समान १–१ विकेट लिए। वर्षाका कारण ढिलो शुरु भएको खेललाई २३ ओभरमा झारिएको थियो।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कुवेतले निर्धारित २३ ओभरमा ७ विकेट गुमाउँदै ११० रन बनाएको थियो। कुवेतका लागि मित भाभ्सरले सर्वाधिक २८ रन र गोकुल कुमारले २५ रनको पारी खेलेका थिए।
श्रीलंकालाई सस्तोमा समेट्ने क्रममा बलिङतर्फ पुर्णाङ्क त्यागी र आकाश सिंहले ३–३ विकेट लिएका थिए।