काठमाडाैं– नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता विस्तारको कामबाट एसियाली विकास बैंक पछि हटेको छ। ऋण लिएको लामो समय बितिसक्दा पनि काम शुरु नभएको भन्दै एडीबीले असन्तुष्टि व्यक्त गरेको छ। दश वर्षअघि नै उक्त आयोजनाको लागि एडिबीले ८ करोड अमेरिकी डलर दिएको थियोे। त्यसबेला भएको समझौताअनुसार सन् २०१६ मा पुरा हुनुपर्ने थियो। तर ऋण नविकरण समेत नहुँदा एडीबी रुष्ट बनेको छ।
एडिबीकाे फन्ड उक्त आयोजनामा अहिले नभएको र नयाँ सम्झौता गरी एडीबीलाई फर्काउने प्रयास भइरहेको उक्त आयोजना प्रमुख बाबुराम पौडेलले बताए।स्पेनको सान्जोससे कम्पनीसँग २०१६ मा आयोजना सम्पन्न गर्ने गरी सम्झौता भएको थियो तर उसले सम्झौअनुसार काम नगरेपछि नागरिक उड्डयन प्राधिकरणले ठेक्का सम्झौता रद्द गरेको थियो। सम्झौता रद्द भएको तीन वर्षसम्म ठेक्का गर्न नसकेपछि एडिबीले असन्तुष्टि व्यक्त गर्दै आएको थियो।
प्राधिकरणलको योजनाअनुसार अन्तराष्ट्रिय टर्मिनल भवनको क्षमता विस्तार र टर्मिनल भवनभित्रको युटिलिटीको काम गर्न स्वदेशी कम्पनीले ठेक्का पाएर काम गरिरहेका छन्। चिनियाँ कम्पनीले जिम्मा पाएको उक्त धावनमार्ग विस्तारको अझैसम्म सुरू भएको छैन।विमानस्थलमा समस्याहरु व्यवस्थित गर्ने उद्देश्यले एसियाली विकास बैंकको ऋण सहयोगमा विमानस्थलको क्षमता विस्तार आयोजना अगाडि बढाइएको थियो।
अब सरकारकारले फरक ढङ्गबाट एडिबीबाट ऋण ल्याउने बताएको छ र त्यसको लागि प्रक्रिया अगाडि बडिसकेको जनाएको छ। बजेटरी साहयता स्वरूप ऋण लिएर विमानस्थलमा क्षमता विस्तारको काम गर्ने तयारी सरकारले गरिरहेको छ।