वीरगंज – वीरगंजमा आज शुक्रबार एक किशोरीमाथी एसिड प्रहार भएको छ। वीरगंज महानगरपालिकाको गणेशमान चोकमा छपकैयाकी १५ वर्षिया मुस्कान खातुनमाथी एसिड प्रहार भएको हो।
घरबाट बिद्यालयतर्फ गइरहेको बेलामा खातुनमाथी एसिड प्रहार भएको हो। एसिडले उनको शरिरको आधा भाग जलेको बताइएको छ।
वीरगंजस्थित नारायणी अस्पतालमा सामान्य उपचार पछि उनलाई थप उपचारको लागि काठमाडौं ल्याइदैछ। मुस्कानलाई एसिड प्रहार गर्ने स्थानीय गाउँकै १६ वर्षिय संसाद मिया र १७ वर्षिय माजिद आलम रहेको प्रहरीले जानकारी दिएकाे छ। उनीहरू मुस्कानको छाति, हात र मुखमा एसिड प्रहार गरी फरार भएका थिए ।
दुइ जनामध्ये संसाद आलमलाई प्रहरीले पक्राउ गरिसकेकाे छ। अर्का युवक भने फरार रहेकाे र उनकाे खाेजिकार्य जारी रहेकाे प्रहरीले जनाएको छ। बालिकाकी माइजु रियाना खातुनका अनुसार घटनामा संलग्न दुबै चिनजानकै र छिमेकी हुन्।