काठमाडौँ, ७ माघ – चर्चित गायक रामकृष्ण ढकालको आवाजमा ‘पूर्णिमाको जुन’ बोलको गीत सार्वजनिक भएको छ। उक्त गीतमा नितिन चन्दको निर्देशन, हरिकुमार सिलवाल (हसिकुमार)को शब्द र हरि लम्सालको सङ्गीत छ।
गीतका बारेमा हसिकुमार भन्छन्, ‘मलाई प्रायःजसो प्रेमीले प्रेमिकालाई जुन, फूल भनेर तुलना गर्दा खल्लो लाग्छ। यसैले मैले यो गीतमा प्रेमिकालाई अरू नै विशेषण दिएको छु।’
उनले थपे, ‘म गीत प्रायः हतार र दबाबमा सिर्जना गर्छु। ‘पूणिमाको जुन’ उनले पार्टीमा निस्कने बेलामा श्रीमतीले पहिरन लगाउन ढिलो गरेपछि सिर्जना गरेको बताउँदै उक्त गीतले दर्शकलाई प्रेमको महसूस गराउने बताए।
गीत सुन्नका लागि भिडियो हेरिने भएकाले भिडियो आँखामैत्री हुनुपर्ने पनि उनले बताएका छन्।
दीपेन बस्न्यातको सम्पादन रहेको उक्त भिडियोमा सुरेश नेपालीको छायाङ्कन रहेको छ। सार्वजनिक भिडियोमा रामकृष्ण ढकाल र सीमा पन्थीले अभिनय गरेका छन्।
https://youtu.be/dHDGJfrnDqQ