काठमाडाैं– जारी एसीसी यु–१९ एसिया कपमा नेपालले टस जित्दै पहिले ब्याटिङ गरिरहेको छ। नेपालले ९ ओभरको समाप्तीमा २ विकेटको क्षतिमा ४३ रन बनाएको अवस्थामा पानी परेपछि खेल केहि समयको लागि रोकिएको थियो।
वर्षाको कारण रोकिएको खेल अहिले पुनः सुचारु भएको छ। खेललाई ४२ ओभरमा झारिएको छ । नेपालले जारी अवस्थामा १४ ओभरमा २ विकेट गुमाउँदै ५८ रन जोडेको छ। नेपालका ओपनर पवन सर्राफ र आसिफ शेख भने आउट भैसकेका छन्।