काठमाडौं– नेपाली अन्डर नाइन्टीन क्रिकेट टाेलीका कप्तान राेहित कुमार पाैडेल अर्धशतक बनाउनबाट चुकेका छन्। श्रीलंकाविरूद्ध शुरूवातमै लडखडाएकाे नेपाली टाेलीलाइ सम्हाल्ने क्रममा राेहितले निकै संयमित भएर व्याटिगं गरे। उनले ८० बलमा ४७ रन बनाएका थिए।
राेहित ८० बलमा ४७ रन बनाउदै पभेलियन फर्कीएका हुन्। यसअघि नै नेपालका लागि ओपनर रित गौतमले अर्धशतक प्रहार गरेका थिए। रितले ७३ बलमा अर्धशतक बनाएका थिए। उनी ८५ बलमा ४ चौकासँगै ५४ रन बनाएर आउट भएका थिए।
उपाधिको दाबेदार टेष्ट राष्ट्रलाई पराजित गर्दै नेपाल प्रतियोगितामा शुखद शुरुवात गर्ने दाउमा छ। उसो त नेपालले श्रीलंका विरुद्धको ऐतिहासिक हारको पनि बदला लिनुपर्ने छ। २०७३ मंसिर ३० गते एसीसी यु–१९ एसिया कपमा नेपाल श्रीलंकासँग १ रनले हारेको थियो।नेपाली टिममा कप्तान रोहित पौडेलसँगै पवन सर्राफ, सन्दीप जोरा, भीम शार्की, रित गौतम, आशिफ शेख, हरिबहादुर चौहान, कुशल मल्ल, रासिद खान, कमलसिंह ऐरि, सागर ढकाल, खड्कबहादुर बोहरा, सूर्य तामाङ, लोकेशबहादुर बम र प्रतिस जिसी छन्।
नेपालले दोस्रो खेल बंगलादेशसँग भदौ २२ गते खेल्नेछ भने समूह चरणको अन्तिम खेल यूएइसँग भदौ २४ मा खेल्नेछ।