काठमाडाैं– विश्वकप छनोट अन्तर्गत आफ्नो दोस्रो खेल खेल्नको लागि नेपाल चाइनिज ताइपे जाँदै छ। नेपालले भदौ २४ मा ताइपेसँग खेल्नेछ। नेपाल कुवेतसँगको खेल सकेर आजै बिहान मात्र नेपाल आइपुगेको हो। पहिलाे खेलमा निराशाजनक प्रदर्शन गरेकाे नेपालले सुधारिएकाे खेल खेल्ने अपेक्षा गरिएकाे छ।
पहिलो खेलमा कुवेतसँग ७–० को गोल अन्तरले पराजित नेपाल ताइपेविरुद्ध जितको खोजिमा हुनेछ।टोली आज बेलुका नै ताइपे प्रस्थान गर्ने बताइएको छ।नेपाल रहेको समुहमा कुवेत, चाइनिज ताइपे, जोर्डन र अस्ट्रेलिया छन्।