एजेन्सी—सलमान खानको अभिनय रहेको फिल्म ’दबंग ३’ को रिलिज मिति सर्ने भएको छ। शो फिल्म यसवर्षको डिसेम्बर २० मा रिलिज हुने भएको थियो। तर सलमानले ‘इंशाअल्लाह’ फिल्म नगर्ने भएपछि उनी ‘दंबग ३’को रिलिज मिति सार्ने स्थितिमा पुगेका हुन्।
‘इंशाअल्लाह’ फिल्म इदमा रिलिज हुने भएको थियो अब सो फिल्म रिलिज नहुने भएपछि उनले सो मितिमा ’दबंग ३’ रिलिज गर्ने सोच बनाएको बताइन्छ। सलमानले इदमा फिल्म ‘किक २’को रिलिज हुनसक्ने संकेत पनि गरेका थिए तर शो फिल्मको केही तयारी नभएकोले उक्त मितिमा ‘दबंग ३’ रिलिज गर्ने भएको बताएका हुन्।
‘दबंग ३’ को अहिले धमाधम छायांकन भइरहेको छ।