एजेन्सी–अन्तर्राष्ट्रिय मैत्रीपुर्ण फुटबलमा ब्राजिल र कोलम्बियाले २–२ गोलको बराबरी खेलेका छन्। लामो समयदेखि मैदान बाहिर रहेका ब्राजिलियन स्टार नेयमार पनि सो खेलमा मैदान उत्रिएका थिए।
ब्राजिलका क्यासमिरोल खेलको १९ औं मिनेटमा नै गोल गर्दै ब्राजिललाई शुरुवाती अग्रता दिलाएका थिए। उनले नेयमारको उत्कृष्ट पासमा बललाई पाेष्टकाे दिशा दिएका थिए।
तर २५ औं मिनेटमा क्यासमिरोले विपक्षी खेलाडीलाई पेनाल्टी बक्समा फल गरेपछि कोलम्बियाले पेनाल्टी पाएको थियो। सो मौकाको सदुपयोग गर्दै लुइस मुरेलले खेललाई बराबरीको स्थितिमा ल्याएका थिए।
त्यस्तै कोलम्वियालाई पहिलो हाफमा २–१ को अग्रता दिलाउने क्रममा ३४ औं मिनेटमा मुरेलले नै अर्को गोल गरेका थिए।२–१ ले पछि परेको ब्राजिललाई ५८ औं मिनेटमा स्टार नेयमारले गोल गर्दै हारबाट जोगाएका थिए। यससँगै नेयमारले राष्ट्रिय टिममा उत्कृष्ट पुनरागमन गरेका छन्।