काठमाडौं – भद्रगोल, नेपाली दर्शकमाझ लोकप्रिय टेलीश्रृखंला हो। लामो समय अन्य टेलीश्रृङ्खला भन्दा बढि चर्चा पाउन सफल भएको थियो यसले।
पछिल्लो समय यो टेलीश्रृखंला बिवादमा देखिन्छ। यसको बिवाद अहिले सतहमै देखिन्छ। भद्रगोल टिमबाट निर्देशकद्वय अर्जुन घिमिरे ‘पाँडे’ र कुमार कट्टेल ‘जिग्री’सहित २१ जनाको समूह नै टेलीश्रृंखलाबाट बाहिरिएको छ।
पाँडे र जिग्रीसहित सागर लम्साल ‘बले’, हरी निरौला ‘कक्रोच’, मधुसुधन पाठक ‘सिते बा’, रक्षा श्रेष्ठ, कमलमणि नेपाल ‘खुपीका बाउ’, गोविन्द कोइराला जस्ता चर्चित पात्रहरु अब भने भद्रगोलमा देखिने छैनन्।
यसैबीच भद्रगोलका पुर्व व्यवस्थापक बिकाशराज पाण्डेले फेसबुकमार्फत भद्रगोलप्रती गुनासो पोखेका छन्। भद्रगोल टिमसँग काम गर्दा आफुँले पारिश्रमीक नपाएको भन्दै उनले लेखेका छन्, ‘तत्कालिन निर्माता सुबास कार्की ‘बेलासे’ र मिडिया हबबाट ४८ हप्ताको पारिश्रमिक नपाई खाली हात भद्रगोल छाड्नुपरेको तितो अनुभव त मसँग नै छ।’
आफ्नो पारिश्रमीक माग्दै कार्की र मिडिया हबका सोम धितालकोमा निवेदनसहित जाँदा पनि सुनुवाई नभएको उनको फेसबुक स्ट्याटसमा उल्लेख छ। उनले स्ट्याटसमा थप लेखेका छन्, ‘मेरो निवेदन त डस्टबिनमा थन्कियो होला। ठुलो बिरालोको अगाडी मैले आफ्नो पारिश्रमीक उठाउनु त परको कुरा मैले रौँ समेत हल्लाउन सकिन्।
यता दर्शकहरु भने, जिग्री र पाँडेको टिम बाहिरिएकोमा खासै सन्तुष्ट देखिदैनन्। विभिन्न सामाजिक सञ्जालमार्फत दर्शकहरुले नयाँ टिमभन्दा पनि पुरानै टिमले भद्रगोललाई निरन्तरता दिनुपर्ने बताएका छन्। युटुयुबमा कमेन्ट गर्दै कमल ओली भन्छन् ‘अबको भद्रगोल त नुन बिनाको तरकारी जस्तै भएको छ, उनीहरु बिनाको टेलिश्रृङ्खला अब भने हेर्ने छैन।’
टेलिश्रृंखलाको उत्पादक मिडिया हबसँग विभिन्न विषयमा कुरा मिल्न नसक्दा पाँडे–जिग्री समूह अलग्गीएको हो। प्रत्येक एपिसोडको उत्पादन लागतवापत एक लाख ५ हजार रुपैयाँ मिडिया हबले जिग्री–पाँडे समूहलाई दिने गरी दुई पक्षबीच सम्झौता थियो।
तर उनिहरुले प्रति एपिसोड कलाकारहरुलाई १५ सय देखी दुई हजारसम्मको मात्र पारिश्रमिक दिने गरेका रहेछन्। पहिलाको श्रृङ्खलामा पाडे र जिग्रीको कथा रहेको थियो भने हाल नयाँ रुपमा सुरु हुन लागेको सोे श्रृंखलालाई ज्योती काफ्ले र अशोक धितालले संयुक्तरुपमा लेखन तथा निर्देशन गर्ने भएका छन्।