काठमाडौं– आज भदौ २२ गतेको दिन नेपाली फिल्म क्षेत्रको अभिनेता नाजिर हुसेनको जन्मदिन परेको छ। उनी आफ्नो जन्मदिने आमाको काँखबाट टाढाँ भएको कारण उनले आफ्नो आमालाई सम्झदैँ कवितामा भाव व्यक्त गरी सामाजिक संजालमा शेयर गर्दै उनले भनेका छन्।
“आमा
आज म जन्मेको दिन
तपाइ खुशी, भएको दिन
मेरो जन्मदिनको लागी
तपाईले सिक्का थुपार्न सपना देखे जस्तै
म सपना र मायाहरु थुपार्न सिक्दै छु
आज पनि तपाईले मेरो हरेक जन्म दिनमा मेरो अञ्जुली भरि राखी दिनु भएको
सिक्काहरु
मेरो अनिधो आखाँहरु
सिक्काको बास्ना
अनि तपाइको हत्केलाहरु सम्झन्छु
म न हाँसुन्जेल सम्म मेरो गाला सुमसुम्याउने, हत्केला
अनि तपाइको आवाज ...
कान्छा अब तँ त बुढो भइस
अँ... होइन, खै मेरो जुङ्गा त आको छैन
मेरो उत्तरले खित्का छोडेर हाँस्ने तपाइको मुहार अनि हाँसोले चाउरिएका तपाइको गाला र आँखाको भागहरु म खुब याद गर्छु
अहिले मलाइ मेरो जन्मदिनमा शुभकामना दिने धेरै मायालु मनहरु छन् र पनि म तपाईलाई सम्झन्छु
तपाईलाई थाहा छ म खुशी छु
मलाई लाग्छ सायद तपाई पनि खुशी हुनुहुन्छ होला।
खुदा हाफिज आमा
मलाई जन्मदिनको शुभकामना दिनु हुने सबैलाई हार्दिक नमन”।
नाजिर हुसेनले फिल्म क्षेत्रमा ‘पुन्टे परेड’ बाट डेब्यु गरेका थिए। त्यसपछि ‘होस्टल रिर्टन्स्’, ‘गाठ्ठो’, ‘राज्जा रानी’, ‘विर विक्रम’, ‘ तिमि सगँ’, जस्ता थुप्प्रै फिल्महरुमा अभिनय गरिसकेका छन्। यसमध्ये ‘होस्टल रिर्टन्स् उनको सुपरहिट फिल्म रहेको छ। उनको जन्मभूमि सिमरा, बारा हो। नाजिर हुसेनजी लाई २९ औँ जन्मदिनको लाखौँ–लाखँ शुभकामना।