काठमाडौं – चर्चित गायक विवेक थापा र गायिका तारा थापाको स्वरमा ‘लालुमै लालुमै’ बोलको नयाँ लोक गीत सार्वजनिक भएको छ।
नेपाल आइडल प्रतिष्पर्धी सुरज थापाको शब्द/संगीत रहेको गीतमा गीतमा चर्चित मोडल तथा लोक तथा दोहोरी गायक प्रकाश सपूत, रियासा दाहाल र कुमार लामाको मुख्य अभिनय रहेको छ।
उत्तम हुँमागाइँको छायांकन रहेको भिडियोलाई प्रविण भट्टले सम्पादन गरेका हुन्। गम्भीर विष्टको कोरियोग्राफी रहेको गीतको भिडियो सुरज आफैंले निर्देशन गरेका हुन्।
https://www.youtube.com/watch?time_continue=1&v=cTAgl7GpUck