काठमाडौं– फिल्म ‘पोइ पर्यो काले’ को शीर्ष गीत सार्वजनिक भएको छ। निर्माण टिमले कार्यक्रमको आयोजना गरि शो गीत ‘पोई पर्यो काले’ सार्वजनिक गरेको हो।
गीतको अभिनयमा सौगात मल्ल, आकाश श्रेष्ठ, पूजा शर्मा, श्रृष्टि श्रेष्ठ लाई देख्न सकिन्छ। बालाजुको नेपाल चलचित्र विकास कम्पनीको प्राङ्गणमा खिचिएको यो गीत भब्य सेटका बीच छायाँकन भएको छ। जसका कोरियोग्राफी रामजी लामिछाने हुन्। शिशिर राणाकै निर्देशन तथा लेखन रहेको फिल्म किरण नेपालीको प्रस्तुतिमा राजिव गुरुङ र सरोज नेपालीले निर्माण गरेका हुन्।
शिव ढकालको छायाँकन रहेको गीतमा अर्जुन पोखरेलको संगीत, रामचन्द्र काफ्ले र अन्जु पन्तको स्वर र नृपेश उप्रेतीको शब्द रहेको छ। फिल्म कार्तिक ८ गतेबाट प्रदर्शनमा आउने कुरा निर्माण टिमले जानकारी दिएका छन्।
https://youtu.be/bNozwMbyAsk